२०८२ माघ ८ गते बिहिवार

एमालेले शुक्रबार पनि ग¥यो संसद अवरोध

काठमाडौँ ,साउन २६ । एक सय किलो सुन प्रकरणमा छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ।

साउन ३ गते समातिएको एक सय किलो सुनमाथि छानबिन गर्न एमालेले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै साउन १० गतेदेखि संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ। शुक्रबार पनि त्यसलाई निरन्तरता दिएको हो।

सरकारले छानबिनका लागि प्रहरी अनुसन्धान ब्युरो (सिआइवी) नै पर्याप्त रहेको अडान लिएको छ।

शुक्रबारको बैठकमा एमालेका तर्फबाट ज्वाला कुमारी शाहले सरकारले आफ्नो दलको माग सम्बोधन नगरेर सुन तस्करीलाई बढवा दिएको आरोप लगाइन्। उनले बोलिरहँदा सत्ता पक्षका सांसदले होहल्ला गरेर डिस्टर्ब गरेका थिए।

एमालेको अवरोधका कारण संसद बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *