२०८२ माघ ३ गते शनिवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,साउन १३ । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसगिनी एवं नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो।

सीता दाहालले मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्‍याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्‍याएकी थिइन्।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरुपमा सहभागी भएकी थिइन्।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *