काठमाडौँ ,साउन ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति तेस्रो दिनको बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ ।
बैठक मंगलबार सुरु भएको थियो । बुधबारसम्म ४६ जना केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले धारणा राखेका थिए ।
आज पनि सदस्यहरूले धारणा राख्ने छन् । सुरुमा आज गण्डकीका मुख्यमन्त्री तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले आफ्नो धारणा राखेका छन् ।
प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार