२०८२ पुष ३० गते बुधवार

एकीकृत समाजवादीको बैठक बस्दै


काठमाडौं,साउन ४ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को बैठक बिहीबार बस्दै छ।

बैठक बिहान ८ः३० बजेबाट कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरू हुने र आजै टुंग्याउने तयारी रहेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको थियो। त्यसमा सदस्यहरूले धारणा राख्ने काम सकिइसकेको छ।

यसअघि बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए।

उपाध्यक्ष पाण्डेले गठबन्धन गरे पनि मत ट्रान्सफर हुन नसकेको धारणा राखेका थिए। पाण्डेले गठबन्धन नभएका ठाउँमा सबैतिर उम्मेदवार दिन सकेको भए राष्ट्रिय बन्ने अवस्था सिर्जना हुने धारणा राखेको उनले बताए।

बैठकमा महाधिवेशनबारे पनि छलफल भएको छ। ‘मंसिरदेखि फागुनभित्रमा महाधिवेशन गर्नेगरी धारणा आएका छन्। यसबारे पनि निर्णय हुने छ,’ उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप आदिबारे पनि साझा दृष्टिकोण तय गर्ने पनि बताए।

मन्त्रीहरूको कार्यव्यस्ताका कारण बैठक बीचबीचमा स्थगित गर्नुपरेको पनि खतिवडाले बताए।

बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ।

एकीकृत समाजवादीको सचिवालय १५ सदस्यीय छ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *