काठमाडौँ ,साउन ३ । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन गत आइतबार भारत पुगेका अर्थमन्त्री डा.प्रकाशशरण महत आज स्वदेश फर्कँदै छन्।
भारतको गुजरातस्थित गान्धीनगरमा सम्पन्न उक्त बैठकमा भाग लिन पुगेका अर्थमन्त्री महत आज दिउँसो ३-४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार महत स्वदेश फर्किए लगत्तै विमानस्थलको विशिस्ट कक्षमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ।
जसमा अर्थमन्त्री महतले उक्त बैठक र भारतमा भएका भेटघाटका कारेमा जानकारी दिनेछन्।
प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार