२०८२ माघ १० गते शनिवार

रास्वपा उपसभापति अर्याललाई सफायाको धम्की दिने युवक पक्राउ

काठमाडौँ ,साउन १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई सफाया गरिदिने धम्की दिएको आरोपमा एकजना युवक पक्राउ परेका छन्।

पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको अभियोगमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालिकोटेलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले उनलाई केही दिनअघि नै पक्राउ गरिएको बताउँदै अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *