२०८३ बैशाख १५ गते मङ्गलवार

तीन दलका शीर्ष नेताहरूबीच संवाद

काठमाडौं, असार २४ । संघीय संसद्‍का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला आइतबार बिहान तीन दलका शीर्ष नेताहरूबीच संवाद भएको छ।

आइतबार बिहान सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच वार्ता भएको हो।

उक्त वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको आशयसहितको विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद्‍मा अवरोध गरिरहेका छन्।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा पनि एमालेले अवरोध जारी राख्यो। त्यहीकारण राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक सोमबार दिउँसोसम्मलाई स्थगित गरेका छन्।

एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद्‍को गतिरोध नहटाउने अडान लिएको छ। एमालेको अडानका कारण संसद्‍ अघि बढ्न सकेका छैनन्।

एमालेको अवरोधका कारण माथिल्लो सदन राष्ट्रियसभाबाट अझै पनि आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *