२०८२ पुष ३० गते बुधवार

कोशी प्रदेशका थप तीन मन्त्रीले लिए शपथ ग्रहण

काठमाडौँ,असार २४ । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई र नेपाली कांग्रेसबाट एक जनाले मन्त्री पदको सपथ ग्रहण गरेका छन्।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार भएको सपथग्रहणमा माओवादीबाट जीवन आचार्य, राजेन्द्र गौतम र कांग्रेसबाट रामकुमार खत्रीले शपथ ग्रहण गरेका हुन्।

यससँगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा मुख्यमन्त्री थापासहित ६ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ।

पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका हुन्।

त्यसैगरी, गौतम र खत्री भने विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका छन्। शुक्रबार मुख्यमन्त्री थापाले सपथ ग्रहण गर्दा कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमलप्रसाद जगेबु रहेका थिए।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *