२०८२ माघ १ गते बिहिवार

एलिजाले गरिन राजनीतिबाट बिदा भएको घोषणा

काठमाडौं ,असार २१ । नेपाली फिल्मबाट राजनीतिमा लागेकी एलिजा गौतमले राजनीतिबाट अलग भएको बताएकी छिन् ।

राजनीतिमा लागेर नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुँदै महिला विभाग प्रमुख रहेकी गौतमले धरानका मेयर हर्क साम्पाङ राईलाई भेटेर उनको कार्यबाट प्रभावित बन्दै समाज सेवामा लाग्ने भन्दै उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत राजनीतिबाट बिदा भएको घोषणा गरेकी हुन् ।

गौतम गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *