२०८२ माघ ३ गते शनिवार

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ ,असार २० । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा दिउँसो तीन बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ।

आजैको बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ।

कानूनमन्त्री गुरूङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस् भनेर प्रस्ताव पेश गर्ने बताइएको छ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *