काठमाण्डौ ,असार १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच बिहीबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो।
भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार