काठमाडौँ ,असार १३ । बजेट तीन जिल्लामा मात्र केन्द्रित भएको भन्दै यसको विरोध गर्दै आएको नेकपा एकीकृत समाजवादीले पनि अन्ततस् बजेटको पक्षमा मतदान गर्ने भएको छ।
बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवन बसेको पार्टीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार पार्टीले बजेट निर्माणको प्रक्रिया र असन्तुलनको बारेमा आफ्नो कुरा राखेर बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ। गत १५ जेठमा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ।
आज बजेटको पक्षमा मतदान गर्न तयार भएको समाजवादीले यथास्थितिमा बजेट ल्याए सरकार छाड्न तयार रहेको अडान लिँदै आएको थियो।
बजेट डडेलधुरा, गोरखा र नुवाकोट गरी तीन जिल्लामा मात्र केन्द्रित भएको समाजवादीको आरोप थियो।