२०८२ माघ १ गते बिहिवार

नेकपा माओवादी केन्द्रको साउन १७ गते बस्ने

काठमाण्डौ ,असार १२ । नेकपा माओवादी केन्द्रको असार २३ गतेदेखि बस्ने भनिएको केन्द्रीय कार्य समिति बैठक सरेको छ ।

बैठक साउन १७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्ने माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

सबै प्रदेशहरुमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छौट गर्नुपर्ने कारणले बैठक सारिएको उनले स्पष्ट पारेका छन् ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने माओवादीले जनाएको छ ।

बैठकमा मसामयिक विषय र विचार मिल्नेसँग पार्टी एकता गर्ने विषयमा पनि छलफल गर्ने माओवादीको तयारी छ ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *