२०८३ बैशाख १५ गते मङ्गलवार

शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान शुरु हुदैं

काठमाडौं,जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको बयान शुक्रबारदेखि सुरु हुँदैछ। जिल्ला अदालत काठमाडौंमा उनीहरुको आजदेखि बयान शुरु हुन लागेको हो।

आरोपितमध्ये १४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु हुन लागेको हो। फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध गत बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो।

शुक्रबार आरोपित विरुद्धको मुद्दाको पेशी तोकिनेछ र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ।

इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा बयान गराउन आदेश दिन सक्नेछ। सबैको बयान गराउनुपर्ने भएकाले आज बहस शुरु हुने सम्भावना भने न्यून छ।

इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने हुन सक्छ।

बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ। इजलासले त्यसपछि उनीहरुलाई तीनमध्ये कुनै एउटा आदेश दिन सक्नेछ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको अभियोगमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायत विरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *