२०८३ बैशाख १६ गते बुधवार

चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु हुदैँन ः तिमिल्सिना

काठमाण्डौ,जेठ ८ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताएका छन्।

आइतबार काठमाडौँमा भएको एका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताए।

कलाकारहरू राजनीतिक दलका संगठनहरूमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने उनको भनाइ थियो।

नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको उनले बताए। चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रूपमा विकास हुन आवश्यक रहेको उनले उल्लेख गरे। उनले नेपाली चलचित्रले आफ्नो बहुआयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको बताए।

‘नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि लैजानुपर्छ। नेपालको आफ्नो बहुआयामिक पहिचानलाई कायम राख्दै फरक पहिचानका साथ विश्वमा नै नेपाली चलचित्रलाई स्थापित गराउन कलाकार, उद्यमी, पत्रकारहको आवश्यक्ता छ। यसले जीविको पार्जन पनि हुन्छ सँगै यसले देशको ख्याति पनि अघि बढाउँछ। हामीले पहिचान दिन सक्नुपर्छ। राज्यको ध्यान पनि यस क्षेत्रमा जानुपर्छ।’ उनले भने,’चलचित्र क्षेत्रमा त लाग्ने तर गास, बासको लागि नै समस्या छ भने किन लाग्नेरु यस कारण यस क्षेत्रबाट पनि देशलाई अघि बढाउन सकिन्छ भन्ने हिसावमा हामी सबै जानुपर्छ। अहिले हरेक क्षेत्रमा राजनीति घुसेको छ, यो चलचित्र क्षेत्रमा राजनीति नघुसाइ अघि बढाउनुपर्छ। त्यो भन्दा पृथक ढंगबाट चलचित्र क्षेत्रलाई लैजान सक्नुभयो भने राम्रो होला, तर कलाकार सबै पार्टीका भातृ संस्थामा बाँडिन जानुभयो भने माया मान्ने धेरै हुँदैनन्। नियुक्तिका लागि पार्टीमा लाग्नुभयो भने कसैको पनि मायाँ पाउनु हुन्न, सबैको मायाँ पाउने संस्था बन्नसक्नुपर्छ।’

अध्यक्ष तिमिल्सिनाले चलचित्र र चलचित्र पत्रकारहरुलाई थप माथि उठाउन सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको बताए।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *