बर्दिया,जेठ ७ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आफ्नो अनसन तोडेका छन् ।
‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर गत वैशाख ३० गतेबाट बर्दिया जिल्ला स्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि गौतमले अनसन सुरु गरेका थिए ।
अनसन तोडाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नै बर्दिया पुगेका थिए । दुई पक्षबीच बारबर्दिया नगरपालि वडा नं. ११ स्थित अनसनरत स्थलमा वार्ता भई ११ बुँदे सहमति भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिकमतबहादुर बोहराका अनुसार सहमतिपछि दिउँसो ३ः३० बजेबाट गौतम अनसन स्थगन गरेका छन् ।
प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार