तुलसीपुर, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टरिगाउँ एयरपोर्टलाई क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
संसदमा प्रशोनोत्तर कार्यक्रममा प्रचण्डले यस्तो बताए ।‘ नागरिक उड्डयन प्राधिकरणले क्षेत्रीय स्तरको विमानस्थल बनाउनकालागि सम्भाब्यता अध्ययन गरिसकेको छ’,प्रचण्डले भने‘यसलाई उच्च प्राथमिकतामा राखिएको छ ।’
दाङ क्षेत्र नं.३ बाट निर्वाचित सांसद दिपक गिरीले उठाएको प्रश्नमा यस्तो जवाफ दिएका हुन् । उनले प्राथमिकताका आधारमा विमानस्थल निर्माण गर्ने बताए ।
टरिगाउँ विमानस्थल स्तरोन्नतीकालगि दाङबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले चासो देखाउँदै आएका छन् ।
हाल एयरपोर्टको धावन मार्ग ७५० मिटर मात्रै छ । यसलाई १५ सय बनाउन सकिएमा ठूला जहाज बस्न सक्छन् । तर, हाल १९ सिटे टुईनेटर मात्रै बस्दै आएका छन् ।
प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार