२०८२ चैत्र ३ गते मङ्गलवार

एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

काठमाडौं,बैशाख २४ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ।

यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको थियो।

वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।

एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिए।

एमालेले ुमिसन ग्रास रूट अभियानु र चुनावीबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक राखेको हो। यद्यपी बैठकका एजेन्डा कार्यालय र सचिवालय बैठकले तय गर्नेछ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *