२०८३ असार २९ गते सोमवार

चितवनको नयाँकिरण माविमा मतदान रोकियो

काठमाडौँ,बैशाख १० । चितवनको भरतपुर महानगरपालिका वडा नं– ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको छ। मतदान स्थलमा नाराबाजी भएपछि मतदान रोकिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका थिए।

नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई नेकपा एमालेको समर्थकहरुले रोक्दा तनाव सिर्जना भएको थियो।

अहिले सर्वदलिय बैठक बसिरहेको र सहमती गर्ने प्रयास गरिरहेको सो केन्द्रका मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।

मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या ठूलो मात्रामा थप गरिएको छ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *