२०८१ बैशाख १२ गते बुधवार

माओवादी केन्द्रको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

काठमाण्डौ ,माघ १८ । सत्तारूढ प्रमुख दल नेकपा माओवादी केन्द्रको बुधबार बस्ने भनिएको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार बैठक भोलि बस्नेछ। आजको बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने बताइएको थियो। यस्तै, बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने बताइएको थियो।

माओवादीको पदाधिकारी बैठक सोमबार र मंगलबार लगातार बसेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत दिइसकेको छ।

यता प्रधानमन्त्री प्रचण्ड भने रवि लामिछानेलाई मात्र नभइ राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने बताएका छन्।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *