२०८२ माघ २८ गते बुधवार

रवि लामिछानेले मागे सिइओ

काठमाडौं,पुस ८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन्।

उनले आज शुक्रबार एक सूचना जारी गर्दै चितवनस्थित पार्टी कार्यालयका लागि सिइओको आह्वान गरेका हुन्।

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधासहित आफैँ एयरपोर्टमा लिन आउन तयार भएको बताएका छन्।

उनले उक्त सूचनामार्फत सिइओका लागि आवश्यक बायोडाटा(सिभी)  उपलब्ध गराउन अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *