२०८२ जेष्ठ ३० गते शुक्रवार

कांग्रेसको समानुपातिकमा आरजु देउवा पनि

काठमाण्डौ,असोज ३ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई समानुपातिकबाट उम्मेदवार बनाउने भएको छ ।

समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा जुटेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिएको छ ।

२०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् । क्षेत्र, जिल्ला र प्रदेशले पनि उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा उनले समानुपातिकमा बस्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकमा परेका छन् ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *