काठमाडौं,भदौ १२ । नेकपा एमालेले केन्द्रीय निर्वाचन परिचालन कमिटीलाई पूर्णता दिएको छ ।
आइतबार बसेको निर्वाचन परिचालन कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको हो ।
निर्वाचन परिचालन कमिटीले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि बनाएको छ । निर्वाचन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र विजय हाँसिल गर्ने बताए ।
उनका अनुसार अब प्रदेश, जिल्ला र गाउँपालिका तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिनेछन्।
प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार