२०८२ असार ५ गते शुक्रवार

समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु,दलहरुलाई निवेदन पेस गर्न आयोगको सूचना

काठमाडौं,भदौ ८ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले आज सूचना निकालेर समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई आउँदो १० गतेदेखि १२ गतेसम्म निवेदन पेस गर्न भनेको छ ।

दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

आयोगको यसअघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।

त्यस्तै समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पहिलोपटक असोज २२ मा र अन्तिम बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *