२०८३ भाद्र १० गते बुधवार

एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि त्यो फुल्छ – प्रचण्ड

काठमाण्डौ,असार १५ । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन ।

आज काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन ।

उनले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिस्ट रहेका र उनीहरुलाई पनि समेटेर जानुपर्ने आवश्यकता भएको बताए ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने हो भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए ।

उनले भने, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा नपरौँ । माओवादी बाहेकका सच्चा कम्युनिस्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रम पनि राख्नुहुँदैन । एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई समेत एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिन्छ । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ, फल्छ ।’

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे ।

उनले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताए । उनले आफूविना कसैले पनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबी समेत गरे ।

अध्यक्ष दाहालले आफ्नो उदारतावादीले कहिलेकाहीँ धोका खाएको बताए ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *