२०८१ मङ्सिर २७ गते बिहिवार

घोराहीको धर्नामा एमालेको चुनावी सभा


घोराही, बैशाख २० । नेकपा एमाले घोराही उपमहा नगरपालिका वडा नम्बर ५ धर्नाले दलजितपुरमा चुनावी सभा गरेको छ ।
वडा कमिटी अध्यक्ष पोषण नेपालीको अध्यक्षता तथा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्य एवम् प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

एमालेबाट प्रतिनिधित्वगर्दै उम्मेदवार बनेका वडामा यसअघि धेरै राम्रो काम भएको र यसपटक पनि राम्रो काम गर्ने बक्ताहरुले बताएका थिए ।

त्यस्तै एमाले घोराही ५ ले वडालाई समृद्ध बनाउन २६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा वडा अध्यक्षले पाउने तलव सुविधा वडाको विकास निर्माणमा लगाउने, शिक्षा, स्वास्थ्य, कृषिलाई प्रवर्द्धनगर्ने उल्लेख छ।
कृषि, पर्यटन, प्रविधि मैत्री वडा, सुचना र सञ्चार पहुँच बढाउने, पर्यटन, कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिकरण गर्दै आत्मनिर्भर वडा बनाउने लगायत २६ बुँदे घोषणा पत्र पूर्ण कार्यान्वयनगर्ने प्रतिवद्धतासहित सार्वजनिक गरिएको छ ।

घोषणा पत्रमा उल्लेख भएका कुरा अक्षरस पालनागर्न आफु र आफ्नो टिम तयार रहेको वडा अध्यक्षका उम्मेदवार विवेक वुढाथोकीले प्रतिबद्धता जाहेर गरे ।
सो अवसरमा प्रमुख अतिथि ज्ञवालीले जनताको सच्चा अभिभावक एमाले भएको भन्दै सिंगो पार्टी एमाले जनताको भरोसामा अत्यन्तै गम्भीर रहेको बताए । चुनावी सभामा घोराहीका मेयर पदका उम्मेदवार नरुलाल चौधरी, उपमेयर पदकी उम्मेदवार हुमा डिसी, घोराही ईन्चार्ज गेहेन्द्र बस्नेत लयातले बोलेका थिए। वडा कमिटी ईन्चार्ज ढुकी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको चुनावसभाको सहजिकरण वडा कमिटी सचिव घनश्याम केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *