२०८२ जेष्ठ १३ गते आइतवार

पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा (एमाले) प्रवेश गर्ने

काठमाडौं, वैशाख ९ । संविधान सभाकी सदस्य एंव पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा (एमाले) प्रवेश गर्ने भएकी छन्।

शेर्पाले आफू आजै एमाले प्रवेश गर्न लागेको जानकारी दिइन्। एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पालगायतलाई अहिले केहीबेरमा पार्टी प्रवेश गराउँदै छन्।

शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो।

मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो।

शेर्पाले आफू वामपन्थी एकताका लागि फेरि एमालेमा जान लागेको बताइन्।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *