२०८२ जेष्ठ ११ गते शुक्रवार

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाण्डौ,चैत १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ।

आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक सुरू भएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक सुरू गरिएको बताए। गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो। उक्त बैठकलाई आज पनि निरन्तरता दिइएको छ।

बैठक विशेष गरी स्थानीय चुनावमा केन्द्रित रहनेछ। टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन तथा चुनावी तालमेलबारे बैठकमा छलफल हुनेछ।

जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले शुक्रबारदेखि रिपोर्टिङ गरेका थिए। आज पनि केन्द्रीय प्रतिनिधिले रिपोर्टिङ गर्दैछन्।उनीहरूले गाउँमा कांग्रेसको अवस्थाबारे जानकारी गराएका छन्।

केन्द्रीय समितिमा अरू दलहरूसँग तालमेल गर्नुपर्ने र गर्न नहुनेमा मिश्रित धारणा आएका छन्।

प्रदेश सभापतिहरूले भने शुक्रबार नै बोलेर सकेका थिए। उनीहरूले गठबन्धनको औचित्य पुष्टि हुने गरी र भविष्यमा धोका नदिने गरी आवश्यकताका आधारमा अरू दलसँग तालमेल गर्न सकिने राय राखेका थिए।

सभापति शेरबहादुर देउवाले पनि गठबन्धन गरेर जानुपर्ने बताइरहेका छन्। सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेकपा एमालेसँग मिल्न सक्ने भएकोले गठबन्धन कायमै राख्नु कांग्रेसका लागि हित हुने जिकीर देउवाको छ।

तर शेखर कोइराला पक्षका नेताहरू भने एक्लै चुनावमा जानुपर्ने बताइरहेका छन्।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *