२०८३ असार २७ गते शनिवार

जसपाले फिर्ता लियो सांसद यादवमाथिको कारबाही

काठमाण्डौ,फागुन ३० । जनता समाजवादी पार्टी ९जसपा० ले पार्टीका नेता तथा सांसद प्रदीप यादवमाथि गरिएको कारबाही फिर्ता लिएको छ।

अनुशासनको कारबाही गरिएको तीन महिनापछि उक्त कारबाही फिर्ता लिइएको जसपाले जनाएको छ।

गत मंसिर ५ मा यादवमाथि जसपाले अनुशासनको कारबाही गरेको थियो।

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ देखि बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो।

कारबाही फिर्ता भएको पत्र सांसद यादवलाई फागुन १८ मै पार्टीले पठाएको थियो।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *