२०८३ असार २७ गते शनिवार

कांग्रेस तुलसीपुर ३ मा टोल समिति अभियान तिब्र

तुलसीपुर माघ २५ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नंं ३ ले टोल –टोलमा समिति विस्तार अभियान तिब्र बनाएको छ । अभियान अन्तगत मंगलबार वडा नं. ३ रानागाँउमा टोल समिति गठन गरेको छ ।

भेलाले भक्त बहादुर महतराको अध्यक्षतामा ३६ सदस्य टोल समिति गठन गरेको हो ।

समितिको उप–सभापतीमा देवबहादुर खड्का, पहल बहादुर डाँगी र सचिवमा सम्झना खत्री,नारायण डाँगी सह–सचिवमा केशब गिरी, धर्म राज महतरा र कोषाध्यक्षमा गेहेन्द्र बहादुर घर्ती चयन भएका छन ।

त्यस्तै तथा सदस्यहरुमा बखान सिंङ गुरुङ, इन्दीरा खत्री, भिमलाल योगी, भिमराज योगी, लोकबहादुर वली, सिता श्रेष्ठ, गिता खड्का, डिल्ली कुमारी वली खत्री, नर बहादुर कठायत, सिता वि.क., तुलसा वली, जानकी घर्ति,गुमा पुन, तेज बहादुर राना, रेखा खड्का, शेर बहादुर वली,जय प्रकाश वली, लेखराज महतरा,मोहनलाल बोहरा, चित्रकला रास्कोटी,पदम राना, पवित्रा महतरा,हेमन्ता पाण्डे,प्रेम महतरा,कमला वली, गिरीराज वली,सिता राना,ललीता वली कवारं चयन भएका छन ।


नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का सभापति भुपलाल वलीको अध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधी कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।

सो अवसरमा नेका लुम्विनी प्रदेश प्रतिनिधी विष्णु मल्ल, पूर्व दाङ जिल्ला सदस्य चन्द्रकान्त खरेल, खेमलाल महतरा, मानबहादुर गुरुङ्ग, टोप बहादुर विश्वकर्मा, राजन खड्क(तर्ण), श्यामराज महतरा, क्षेत्र नं. ३ प्रदेश ‘क’का सह–सचिव राजेन्द्र महतरा,राजेन्द्र गुरुङ्ग उप–सभापती जय बहादुर वली,वडा सचिव लक्ष्मण चन्द लगाएले संगठनलाई बलियो बनाउन टोल कार्यसमितिले मद्धत पुग्ने बताए ।

टोलमा हुने जघन्य उपराध न्यूनीकरणमा मद्धत र बस्तीहरुमा हुने दुःख सुखमा साथ दिने पाटी नेपाली कांग्रेस भएको बताए । गठन भएका टोल इकाई समितिलेहरुले स्थानीय तहदेखि संघको निर्वाचनमा काँग्रेसलाई विजयी बनाउनको लागि महत्वपूर्ण भुमिका हुने बताए ।


वडा उप–सभापती रेशम प्रकाश मल्लको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजीकरण वडा सचिव प्रेम तिवारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *