दाङ, भदौ १९ । नेपालगञ्ज विमानस्थलबाट चार किलो बढी सुनसहित दूई जना पक्राउ परेका छन् । श्री एयरबाट काठमाडौंबाट नेपालगञ्ज गएका झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २६ वर्षीय बुद्धिमान खाती पक्राउ परेका हुन ।
शुक्रबार दिउँसो नेपालगञ्ज विमानस्थलबाट उनीहरुलाई प्रहरीले चार किलो २१ ग्राम सुनसहित पक्राउ गरेको हो ।
उनीहरूले लगाएको जुत्ताको तलुवा र झोलामा सुन लुकाएरको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ब्यक्तिहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार