२०७८ साउन २० गते बुधवार

राप्तीमा कार्यशाला गोष्ठीको समापन

मसुरीया, असार ५ । राप्ती गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण परीक्षण र लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण मुल प्रवाहीकरण कार्याशाला गोष्ठी भएको छ ।गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता र अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा भएको कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगंज र जनउत्थान समाज विकास केन्द्रको आयोजना भएको हो ।

आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम आउदै गर्दा सो क्षेत्रलाई लक्षित गरेर जनप्रतिनिधि तथा कर्मचारीहरुलाई लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरणका विषयमा जानकारी तथा नयाँ योजना बारे जानकारी दिइएको हो ।
जेठ १५ गतेदेखि सुरु कार्यशाला गोष्ठी असार ५ गतेसम्म ४ दिन आयोजना गरिएको हो ।

कार्यक्रममा देश प्रशिक्षण प्रतिष्ठान नेपालगंज र जनउत्थान समाज विकास केन्द्रका सहजकर्ता कुलबहादुर डाँगी, कमल गौतम र सञ्जु लामिछानेले सहजीकरण गरेका थिए ।

नेपालको संबिधान २०७२, स्थानीय सरकार संचालन ऐन २०७४ मा भएको लैङ्गिक समानता सामाजिक समावेशिकरण नितिगत व्यवस्था बमोजिम स्थानीय तहले अङ्गिकार गरेको नितिगत व्यवस्था र यसको कार्यान्वयनको अवस्थाको स्वलेखाजोखा गर्न कार्यक्रमले सघाउने आशा गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *