२०८१ असार १० गते आइतवार

जनता समाजवादी पार्टी ( जसपा) तुलसीपुर नगर कमिटी द्वारा रक्तदान


जेठ ३१ ।जनता समाजवादी पार्टी ( जसपा) तुलसीपुर नगर कमिटी ले सोमवार विश्व रक्तदान दिवसको अवसरमा रक्तदान गरेको छ । कोराना महामारीको समयमा बिरामीहरूलाई रगतको अति आवश्यक पर्ने भएकाले रक्तदान दिवसका अवसर रक्तदान कार्यक्रम गरेको जसपा तुलसीपुर नगर कमिटीले जनाएको छ कमिटीका अध्यक्ष टोप विष्ट बहादुर महतराको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य हरि प्रसाद रिजाल प्रमुख आतिथ्यता एबम् जिल्ला सदस्य गीता विष्ट विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्ने दाताहरुमा जसपा तुलसीपुर वडा नंं ४ का अध्यक्ष बुद्धि प्रसाद तामाङ, नगर अध्यक्ष टोप बहादुर महतरा, दंगीशरण गाउँपालिकाका सल्लाहकार अनिल रसाइली, जिल्ला सदस्यहरू गीता विष्ट, मान बहादुर डाँगी, समाजसेवी खडक बहादुर थापा, पार्टीका सदस्य शंकरमान विष्ट , रमित पुन, नगर सह सचिव दीपक पोख्रेल, कमलराज पोख्रेल लगाएका रहेका छन् ।

नगर कमिटी सचिव मोहन सिंह वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सह-सचिव दिपक पोख्रेलले गरेका थिए । साथै जनता समाजबादी पार्टी तुल्सिपुर उप महा नगरपालिका कमिटीले जेष्ठ ३१ गते सोमबार तुल्सिपुरमा आयोजना गरेको रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई जनता समाजबादी पार्टी तुलसीपुर उपमहानगरपालिका कमिटीको तर्फबाट धन्यबाद व्यक्त गरेको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *