२०८१ जेष्ठ १३ गते आइतवार

नेविसंघको ५१औं स्थापना दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन


तुलसीपुर,वैशाख ५ ।नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। नेविसंघ तुलसीपुर नगर कमिटीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

नेविसंघ तुलसीपुर नगर कमिटीका संयोजक राजिव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रजातान्त्रिक उद्योग व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खरालले नेविसंघले गर्ने गतिविधिलाई सक्रियताका साथ अगाडी बढाउनु पर्ने बताए । पछिल्ला दिनहरूमा नेविसंघको हक अधिकारका कार्यहरू कम भएको महसुस भएको छ,खरालको भने,अब युवाहरु मिलेर सक्रियताका साथ संघका कार्यक्रमहरु अगाडी बढाउन जरुरी छ ।

कार्यक्रममा नेविसंघ दाङका सदस्य किरण केसीले विगतका वर्षहरु झै यस वर्ष पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको जानकारी दिए । उनले काल कोठरी (जेल)बाट स्थापना भएको नेविसंघ ५१ औं वर्षमा प्रवेश गर्दा आफूहरुले विद्यार्थीको हक अधिकार र सामाजिक कार्यहरूमा निरन्तर रुपमा लागिरहेको बताए।

फरक प्रसंगमा बोल्दै केसीले कोरोना महामारीले देश आक्रान्त बनिरहेको बेला स्थानिय निकायका निजी तथा सरकारी विद्यालयहरुले विद्यालय सञ्चालन गरेर विद्यार्थीहरूको स्वास्थ्य माथि खेलवाड गरिरहेको भन्दै तत्काल विद्यालय बन्द गर्नुपर्नेमा जोड दिए ।

नेपाल विद्यार्थी संघ तुलसीपुर नगर कमिटीका सदस्य प्रकाश डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेविसंघका नेता बिदुर गौतमले गरेका थिए ।

साथै ५१ औं स्थापना दिवसको अवसरमा भोलि वैशाख ६ गते राप्ती प्रादेशिक अस्पतालमा फलफूल वितरण, वृद्धा आश्रममा झुल वितरण र राप्ती बबई क्याम्पस तुलसीपुरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा उपस्थितिका लागि नेविसंघ,नेपाली काग्रेस,तरुणदल,दलित संघ,महिला संघ लगाएत सम्पूर्ण नेताहरुमा अनुरोध गरिएको छ । कार्यक्रम बिहान ११ वजे हुने छ ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *