२०८१ चैत्र ९ गते शनिवार

घोराहीमा ज्योतिश भेला हुने

तुलसीपुर, चैत ९ ।दाङमा आगामी चैत्र २१ र २२ गते ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन हुने भएको छ । सोमबार घोराहीमा पत्रकार सम्मेलन गरि त्यसको जानकारी दिइएको हो । धार्मिक सांस्कृतिक पर्यटनको विकास र विस्तारमा योगदान गर्ने उदेश्यले नेपाल ज्योतिष परिषदको आयोजनामा घोराहीमा १८ औं ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन हुन लागेको हो ।

सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेपाल संस्कृत विश्वबिद्यालयका उपकुलपतिले गर्ने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहित लगभग ४ सय ५० भन्दा बढी ज्योतिषीहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनले धार्मिक तथा सांस्कृतिक पर्यटन विकासमा टेवा पुग्ने नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिव एबं सम्मेलनका संयोजक सहप्राध्यापक डा. अर्नुनप्रसाद भट्टराईले बताए ।

सम्मेलनमा आचरण निर्माणमा पूर्वीय दर्शनको भूमिका, खगोल र विज्ञान, कुण्डली विज्ञान अनुसार पेशा, व्यवसाय, वैदेशिक यात्रा, दाङका धार्मिक तथा पर्यटकीय स्थलहरु, वास्तु अनुसार गृह निर्माणमा मूलद्वारको भुमिका विषयहरुमा छलफल हुने उनले बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले धर्म र संस्कृतिलाई व्यवस्थित गर्न सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने बताए ।

ज्योतिष परिषदका केन्द्रीय सचिव सहप्राध्यापक डा. अर्जुन प्रसाद भट्टराईको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको हो । कार्यक्रमको सहजीकरण ज्योतिष परिषद जिल्ला कार्यसमिति दाङका सदस्य सन्जिव देवकोटाले गरेका हुन ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *