२०८१ बैशाख ६ गते बिहिवार

युवा सजगता अभियान दाङ्गको परिचयात्मक कार्यक्रम सम्पन्न

तुलसीपुर,चैत्र ९। युवा सजगता अभियान दाङ्गको परिचयात्मक तथा भेटघाट कार्यक्रम दाङ्गको तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि युवा सजगता अभियान केन्द्रीय सल्लाहकार नहकुल के.सीले युवाहरुलाई कसरी सक्रिय, सबल सक्षम आत्मनिर्भर बनाउन सकिन्छ भन्ने आफ्नो धारणा राखेका थिए । युवाहरुलाई सशक्तीकरण गर्दै समाज रुपान्तरणमा साथ दिनुपर्ने बताएका थिए।

कार्यक्रममा नेपाली कांग्रेस स्थानीय तह समन्वय समिति सचिव युवा सजगता अभियान प्युठान जिल्ला संयोजक रुद्रमणी रेग्मी , नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्य अर्चना रेग्मी, जिल्ला संयोजक पुर्ण बिक्रम डागी लगाएतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका संयोजक संदिप भुसालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता अभियानका  जिल्ला संयोजक पुर्ण बिक्रम डागीले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव अर्जुन भट्टराईले गरेका थिए।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *