२०७८ बैशाख १ गते बुधवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमही नगर भेला

लमही, चैत ८ । बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमही नगरको प्रथम भेला आइतबार भएको छ।प्रथम भेलालाई सम्बोधन गर्दै लमही नगर सेक्रेटरी उज्ज्वलले किसानले आफ्नो हकहित अधिकारका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन आग्रह गरे ।

बैज्ञानिक समाजबादी सत्ताले मात्रै क्रान्तिकारी भूमिसुधार कार्यक्रम लागु हुने र त्यसले भूमिहिन सुकुम्बासी समस्या हल हुने उनले जिकिर गरे ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमही नगर संयोजक अंकाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा राजपुर इञ्चार्ज केपी,दलित मुक्ति मोर्चाका नेता द्वोय शन्देश र भक्त, युबा संगठन नेपाल लमही नगर अध्यक्ष सन्तु ,अखिल नेपाल महिला संघ क्रान्तिकारी लमही नगर अध्यक्ष सरिता गिरी लगाएतले सम्बोधन गरेका थिए ।

उक्त भेलाले अंकाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको छ । मिना रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राजेन्द्र शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *