हापुरे, चैत ५ । हापुरे उद्योग बाणिज्य संघमा बिहीवार। पद हस्तान्तरण कार्यक्रम भएको छ । हापुरे बाणिज्य संघमा चैत २ गते नयाँ नेतृत्व चयन भएको हो । निर्बाचन समितिका संयोजक तथा बबई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बरबहादुर शिरिस मगरले पद हस्तान्तरण गराएका हुन । चैत २ गते भएको भेलाले टीकाराम खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको थियो ।
निबर्तमान अध्यक्ष ज्ञानप्रसाद आइतबारे र सचिब तिलाराम भण्डारीले नबनिर्बाचित अध्यक्ष टीकाराम खत्री र सचिब मोहनराज बुढा क्षेत्रीलाई माइन्युट र निर्णय रजिष्टर हस्तान्तरण गरेर पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा नबनिर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार