२०८१ जेष्ठ १५ गते मङ्गलवार

महतरा बने जसपा तुलसीपुरको अध्यक्ष

तुलसीपुर, फागुन २९ । जनता समाजबाली पार्टी तुलसीपुर उपमहानगरपालिकाको नगर अधिवेशन शनिवार भएको छ । नगर अधिवेशनले टोपबहादुर महतराको अध्यक्षतामा १९ सदस्य नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गीता देवकोटा, सचिव मोहनसिंह वली, सहसचिव दीपक पोखरेल र कोषाध्यमा सुरेन्द्र चौधरीलाई चयन गरेको छ ।अधिवेशनबाट सदस्यहरुमा जिवन भण्डारी, सीता नेपाली,जोगेन्द्र साहु, गिरिराज गरंङजा मगर, विष्णु केसी, नारायण पोखरेल, तेजबहादुर विकलाई चयन गरेको छ ।

बाँकी सदस्यहरु नगर समितिको बैठकबाट मनोनित गरिने अध्यक्ष महतराले बताए ।टोप बहादुर महतराको अध्यक्षतामा तथा जसपाका केन्द्रीय सदस्य हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।

अधिवेशनको उद्घाटन कार्यक्रममा संघीय परिषद सदस्य कुल बहादुर घर्ती, कृष्ण बैरागी, जिवन भण्डारी पूर्व जिल्ला सह संयोजक सुरेन्द्र प्रकाश चन्द, प्रदेश सदस्य हेतराम चौधरी, राजेश श्रेष्ठ लगायतकाले मन्तब्य व्यक्त गरेका थिए । जिल्ला सदस्य गीता विष्टको स्वागत मन्तब्य वाट कार्यक्रम सुरु भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *