२०८१ चैत्र ९ गते शनिवार

व्यवसायिका लागि राज्य गम्भीर बन्न सकेन – अध्यक्ष बुढाथोकी

तुलसीपुर,फागुन २९ ।दाङ जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष टंकसिंह बुढाथोकीले व्यवसायिका अधिकारका सवालमा राज्य गम्भीर बन्न नसकेको बताएका छन् ।

शनिवार बिजौरी उद्योग वाणिज्य सघंको ८ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले मुलुकको व्यवसायिक एवं आर्थिक समृद्धिका लागि व्यवसायिहरुको भूमिका महत्वपुर्ण हुने भएपनि राज्यले नीजि क्षेत्रलाई बेवास्ता गर्ने गरेको बताए । उनले राज्यबाट पाउनुपर्ने अधिकारका लागि आम व्यवसायिहरु एकतावद्ध हुन जरुरी रहेको बताए ।

बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे, देउखुरी उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष केशवराज पोख्रेल,तुलसीपुर उपमहानगरपालिका १८ का वडाध्यक्ष माधब वली, नेपाली कांग्रेस वडानम्वर १८ का सभापति हिमबहादुर डाँगी,नारायणपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गोपाल लम्साल लगाएतले मनतब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका सल्लाहाकार टेकराज रजौरे र द्रोपतिदेबी रजौरेले स्वर्गीय बुबा टोपेन्द्रमणि रजौरे र आमा रुक्मिनादेबी रजौरेको स्मृतिमा ५१ लाख बराबरको जग्गा दान गरेका थिए । सघंका उद्योग उपाध्यक्ष बालकृष्ण रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सघंका महासचिव बिदुर गौतमले गरेका हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *