२०७८ बैशाख १ गते बुधवार

तुलसीपुरका मञ्जित पुन मगर संघको जिल्ला अध्यक्षमा चयन

तुलसीपुर, फागुन २९ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ दाङको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार तुलसीपुरमा संघका संयोजक जनकबहादुर बाँठाको अध्यक्षता र नेपाली काँग्रेस दाङका कोषाध्यक्ष सावित्री रानाको प्रमुख आतिथ्यमा भेलाले जिल्ला अध्यक्षमा तुलसीपुर निवासी मञ्जित पुनलाई सर्वसहमतिमा संघको अध्यक्षमा चयन गरेको हो ।

उक्त भेलाले संघको उपाध्यक्षमा द्धय कमल घर्ती र खिमबहादु घर्ती, सचिवमा कमला थापा, कोषाध्यक्षमा निशा घर्तीलाई चयन गरेको संघका नव निर्वाचित अध्यक्ष मञ्जित पुनले फरककोणलाई बताए ।

त्यस्तै सदस्यहरुमा पुष्प जिएम, अनुप रासकोटी, गगण रामजाली , ललित पुन, भुपबहादुर मगर, देवेन्द्र घर्ती मगर, बबिता आले , देबिमाया थापा , मिना मगर, विष्णु घर्ती, हिरा घर्ती, दुर्गा घर्ती, पूर्णबहादुर थापा , देवबहादुर थापा, सुदन बुढा , कमानसिंह राना मगरलाई चयन गरेको अध्यक्ष पुनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *