२०८१ फाल्गुन २ गते शुक्रवार

लगातार चौथो कार्यालका लागि रेग्मी प्रेस सल्लाहकारमा चयन

संघको सल्लाहाकारमा श्रेष्ठ र वली चयन

तुलसीपुर,फागुन १२ । तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा पुनः शरद रेग्मीलाई चयन गरिएका छन् । बुधवार अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको संघको बैठकले चौथो कार्यकालका लागि पुनः रेग्मीलाई सघंको सल्लाहकारमा चयन गरेको हो । रेग्मी लगातार १२ बर्षदेखि संघको प्रेस सल्लाहाकारको भूमिकामा रहँदै आएका छन् ।

रेग्मी रिपोटर्स क्लव दाङका अध्यक्ष रेग्मी नेपाल प्रेस यूनिका पूर्व कोषाध्यक्ष पनि हुन । त्यस्तै बैठकले संघको सल्लाहकारमा अनुपकुमार श्रेष्ठ (रामु), मिनराज वलीलाई चयन गरेको छ । त्यस्तै कानुनी सल्लाहकारमा पुनः अधिबक्ता प्रबिण लम्साललाई चयन गरिएको महासचिब बिनिल केसीले जानकारी दिएका छन् ।

त्यस्तै संघले मनोनित गर्ने दूई सदस्यहरुमा बिरबहादुर भण्डारी (मोहन) र मदन केसीलाई चयन गरिएको महासचिव केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *