तुलसीपुर, फागुन ८ । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युबा संगठन नेपालले शनिवार शान्तिनगरमा प्रथम गाउँ कमिटी सम्मेलन गरेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका जिल्ला इञ्चार्ज प्रेमले अहिलेको मुख्य समस्या संसदीय ब्यबस्था भएको बताए ।उनले त्यसका विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशमा युबाहरु संगठित भएर लाग्न आह्वान गरे ।
अन्याय, अत्याचार भ्रस्टाचार,माफियाका विरुद्ध संघर्ष गर्दा केपी–बादल कम्पनिको सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै उनले रोष प्रकट गरे ।प्रेमले अहिलेको संकट समाधानको बाटो बैज्ञानिक समाजबाद भएको दाबी गरे ।
एकीकृत जनक्रान्तिको कार्यदिशामा आम युबाहरु संगठित भएर दलाल पुजिबादका विरुद्ध निर्णायक संघर्ष गरि बैज्ञानिक समाजबाद स्थापनार्थ लाग्न उनले आह्वान गरे ।
कार्यक्रममा बिशेश जिल्ला सेक्रेटरी निर्मल,युबा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक मनोज,नेकपा पूर्बी घोराही इञ्चार्ज जनक,नेकपा शान्तिनगर गाउपालिका इञ्चार्ज बिजयले मनतब्य ब्यक्त गरेका थिए ।
जीवनको अध्यक्षतामा भएको कार्यक्रम निर्मलको स्वागत मन्तब्यबाट सुरु भएको थियो । जसको सहजिकरण राजेन्द्रले गरेका हुन । उक्त सम्मेलनले जीवनको नेतृत्वमा १५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ।