२०८३ असार २ गते मङ्गलवार

दाङ महिला जेसिजको सप्ताह सुरु


घोराही, असोज १८ । दाङ महिला जेसिजको सप्ताह व्यापी कार्यक्रम सुरु भएको छ । घोराहीस्थित जेसिजको सचिवालय परिसरमा वृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गरिएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत १९ गते ब्लड बैंक घोराहीमा रक्तदान कार्यक्रम, २० गते घोराही उपमहानगरपालिकामा शारीरिक अपाङ्ग तथा विपन्न परिवारलाई सहयोग, २१ गते वडा नम्बर १५ मा रहेको घरेलु तथा तरकारी विक्री केन्द्र अमृत टोलमा सामाजिक मनोपरामर्श तथा मास्क वितरण, २२ गते सन्देश मुलक साहित्यिक रचना वाचन गर्ने कार्यक्रम रहेको दाङ महिला जेसिजका महासचिव संगीता गिरीले जानकारी दिइन ।

२३ गते घोराही १७ को कार्यालयमा सिप मूलक झोला बनाउने तालिम र अन्तिम दिन २४ गते घोराही १३ मा रहेको बाह्रकुने दह परिसरमा समापन तथा संस्थागत सम्मान गरेर समापन को कार्यक्रम राखिएको छ । दाङ महिला जेसिजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको विशिष्ठ आतिथ्यमा सप्ताहको उद्घाटन गरिएको थियो ।

मेयर चौधरीले युवाहरुको नेतृत्व विकासका लागि जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
वडा नम्बर १५ का अध्यक्ष पाण्डेयले दाङ महिला जेसिजले गरेको रचनात्मक कार्यमा वडा कार्यालयको सधै साथ र सहयोग रहने बताए ।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, नेपाल जेसीज तालिम आयुत्तका कोषाध्यक्ष विरसिंह महरा, दाङ महिला जेसिजका संस्थापक निर्मला गौतम, लमही महिला जेसीजका अध्यक्ष सपना पाण्डे, सामुदायिक वन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी, त्रिभुवननगर जेसीजका अध्यक्ष माधव पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक बसान्त भन्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष सिन्धु रिजालले कार्यक्रमबारे जानकारी गराएकी थिइन ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *