२०८३ असोज २५ गते आइतवार

कपुरकोटमा तरुणदल वडा कार्यसमिति गठन

टेकबहादुर पुन,
सल्यान, भदौ १३ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सल्यानले संगठन विस्तार अभियान सुरु गरेको छ । उस्ले स्थानीयतहका वडाहरुमा वडा स्तरिय कार्य समिति गठनलाई तीव्रता दिएको छ । शनिबार तरुणदलले कपुरकोट गाउँपालिका वडा नम्बर ३ मावडा स्तरिय तरुणदल वडा कार्यसमिति गठन गरेको छ ।

प्रकाश डाँगीको नेतृत्वमा १५ सदस्य तरुणदल कपुरकोट गाउँपालिका–३ कार्यसमिति चयन गरिएको छ । जसको महिला उपसभापतिमा  गोमा (कबिता) बुढाथोकी, उपसभापति सुभिर घर्ती मगर, सचिब सम्राट शर्मा, मनोनित सचिब तिलक वली, सहसचिब सुबिया सेन रकोषाध्यक्षमा यमराज थापा रहेका छन । त्यस्तै सदस्यहरुमा मदन बुढा, राजेश घर्ती मगर, अर्जुन पुन, तेजेन्द्र थापा, तर बहादुर वली, लालसिंह सुनार, युवराज यरी र जितबहादुर बिकलाई  चयन गरिएको छ ।

नेपाल तरुणदल कपुरकोट गाउँपालिकाका सभापति कुबेर खत्रीको अध्यक्षता र नेपाली काँग्रेस कपुरकोट गाउँपालिकाका सँयोजकमिनबहादुर सेनको प्रमुख आतिथ्यमा वडा समिति गठन गरिएको हो ।

  कार्यक्रममा नेपाली काँग्रेस कपुरकोट वडा नम्बर २ का सभापति प्रदिप खड्का, नेपाली काँग्रेस कपुरकोटका सहसचिब कृष्णकुमारधिताल, नेपाल  तरुणदल कपुरकोटका सचिब बिकाश शर्मा, तरुणदल कपुरकोटका कोषाध्यक्ष डडेन्द्र घर्ती, तरुणदल कपुरकोटकासहसचिब अमर यरी लगायतका नेताहरुले आ–आफ्ना भनाई राखेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *