दाङ, असार २७ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको अध्यक्षमा शंकर गौतम सर्वसहमतिले चयन भएका छन । समितिको आज शनिवार सम्पन्न साधारणसभाले अध्यक्षमा गौतम सहित ११ सदस्यीय समिति आमसहमतिबाट चयन गरेको हो ।
नव गठित समितिको उपाध्याक्ष टंकेश्वर सुवेदी, सचिवमा निर्मल गौतम, सहसचिवमा शरदकुमार आचार्य र कोषाध्याक्षमा भूपता बिसी चयन भएका छन । समितिको सदस्यहरुमा गोदावरी श्रेष्ठ,राधा पोख्रेल, सुष्मा शर्मा, विश्वम शाही, ढुण्डिराज पोख्रेल र देविराम घर्ति मगर चयन भएका छन ।
समितिका अध्यक्ष दामोदर खनालको सभापतित्वमा भएको साधारणसमामा दिपक रेग्मी, प्रदिप अर्याल, भगिरथ अधिकारी, शिशिर अधिकारी, हेमराज अधिकारी लगायतकाले बोलेका थिए । साधारणसभामा बोल्ने बक्ताहरुले समितिको ब्यवस्थानमा हाल सञ्चालनमा रहेको गणेश मन्दिरलाई थप प्रभावकारी रुपमा अघी बढाउनुपर्नेमा जोड दिएका छन ।