२०७८ जेष्ठ २ गते आइतवार

महेन्द्र माबि होलेरीको अध्यक्षमा गोबिन्द पुन चयन


नन्दराम खड्का,
होलेरी,जेठ ३ । लामो समय विद्यालय ब्यबस्थापन समिति बिहिन रहेको महेन्द्र माध्यमिक विद्यालय होलेरीले नयाँ नेतृत्व पाएको छ । शुक्रवारको भेलाले अध्यक्षमा नेकपा ५ नम्बर प्रदेश सदस्य गोविन्द पुनलाई सर्वसहमतिमा चयन गरेको छ ।

जस्को सदस्यहरुमा तारा डाँगी,टेकलाल पुन,चन्द्रकला पुन, बिष्णु बस्नेत, दिलकुमारी बिक रहेका छन् । त्यस्तै पदेन सदस्यमा वडा नम्बर ७ का अध्यक्ष जंगबहादुर घर्ती रहेका छन् ।विद्यालय व्यवस्थापन समितिका यसअघिका अध्यक्ष भिमबहादुर थापाको कार्यालय सकिएको हुँदा नयाँ कार्यसमिति चयन गरिएको हो ।यसअघि पटक÷पटक नेतृत्व चयनको प्रयास भएपनि राजनीतिक खिचातानीले गर्दा त्यो संभव भएको थिएन ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *