२०७७ फाल्गुन २० गते बिहिवार

भिलेजको अध्यक्षमा खत्री चयन


तुलसीपुर,फागुन २३ । आरसिसी भिलेज काशिपुरको अध्यक्षमा दोर्णबहादुर खत्री चयन भएका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर ५ काशिपुरमा भएको भेलाले खत्रीलाई सर्वसहमतिमा चयन गरेको हो ।
नयाँ कार्यकालको लागि चयन भएको २२ सदस्य कार्यसमितिको उपाध्यक्षमा दुर्गाबहादुर केसी, सचिब लालबहादुर केसी, कोषाध्यक्ष सियाराम चौधरी र सहसचिबमा खिमलाल वली रहेका छन् । उनीहरुपनि सबै सर्वसहमतिमै चयन भएका हुन ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केसीले काशिपुर भिलेजलाई नमुना भिलेजको रुपमा बिकास गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले काशिपुर भिलेजमा शिक्षा, स्वास्थ्य र बिकासको पहुँच स्थापित गर्न सबै सदस्यहरु एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।नवगठित कार्यसमितिका पढाधिकारी तथा सदस्यहरुलाई क्लबका पूर्व अध्यक्ष बिजय केसीले शपथ ग्रहण गराएका हुन ।

भिलेजका संस्थापक अध्यक्ष मनोहरकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लबका सचिब सन्दिपन रिजालले गरेका हुन ।

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *