भिम वली, रोल्पा । स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिले गाउँको विकास र समृद्धिका लागि जिम्मेवार भएर काम गर्लान भन्ने सबै नागरिकको चाहना हुनु स्वभाविकै हो । तर रोल्पाका एक जनप्रतिनिधिले यतिसम्मको गैरजिम्मेवारपूर्ण काम गरेका छन् कि सामान्य वडा स्तरीय भलिबल प्रतियोगिता जित्नका लागि एउटा वडाको व्यक्तिलाई अर्काे वडाको भनि सिफारिश समेत गरेका छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बुढामगरले हालै गाउँपालिकाको ३ नम्बर वडाको केवरीमा भएको समाज परिवर्तन युवा समूहले आयोजना गरेको साविको वडा स्तरी भलिबल प्रतियोगिता जित्नका लागि साविकको राङ्सी गाविसका–९ नम्बर निवासी दिलकुमार केसीलाई साविकको ७ नम्बर हो भनि गलत प्रमाणिकरणको सिफारिश गरेको रहस्य खुलेको छ । उक्त प्रतियोगिताको प्रथम पुरस्कार २२ हजार जित्नका लागि वडा अध्यक्ष बुढाले यस्तो हर्कत गरेको स्थानीय खेलाडीले गुनासो गरेका छन् । उक्त सिफारिशको बारेमा बुझ्न खोज्दा उल्टै धम्काईएको समेत एक खेलाडीले बताए । ती खेलाडी भने ‘यो सामान्य कुरा हो बढी बोले पुलिस लगाएर ठेगान लाउछु भन्दै पटक–पटक फोन गरेर हामीलाई डर धम्कि दिइएको थियो।’
साथै उनले पदको दुरुपयोग गरी जनतालाई डर धम्की दिने गरेको र सकारी कागजातको पनि दुरुपयोग गरेको समते स्थानीयको गुनासो छ ।
रोल्पा हो रोल्पा,जस्तो पनि चल्छ
यहाँ माओवाद बाहेक अरुकेही चल्दैन।सबका सब चोर छन रोल्पामा, यहाँ सम्म कि कुनै बिधालय को प्र.अ समेत चोर,फटाहा,माफिया,घुसखोरी,ठेकेदार।अनि कसरी हुन्छ त जिल्लाको बिकास?