२०८१ फाल्गुन २ गते शुक्रवार

अनेराश्ववियूको नाममा चन्दा आतंक व्याप्त रहेको तथ्य उजागर

दाङ । तत्कालिन नेकपा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको नामबाट शैक्षिक संस्थाहरुमा चन्दा आतंक व्याप्त बनेको तथ्य उजागर भएको छ । अनेरास्ववियु दाङका अध्यक्ष बिरवल खड्का र सचिव गोपाल रेग्मीले एक विज्ञप्ती प्रकासित गर्दै संगठनको नाममा ७ लाख रकम मागिएको प्रति आपत्ति जनाएका छन् । मागेको जति चन्दा नदिएपछि दाङको घोराहीस्थित राप्ती इञ्जिनियरिङ क्याम्पसमा तालावन्दी गरिएको भन्दै त्यसको पनि अनेरास्ववियुको जिल्ला नेतृत्वले विरोध जनाएको छ ।

अनेरास्वयु जिल्ला किमिटीको नाम जोडेर संगठनको बदनाम गर्न केही व्यक्ति विशेषले निजी स्वार्थ पुरा गरिरहेको हुँदा शैक्षिक संघ संस्था र बुद्धिजिवीलाई आर्थिक सचेत रहन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । संगठनमा आचरण विपरितको कार्य गरेको भन्दै यसअघि नै साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएका भनिएका सर्जन परियार र विराज डिसीको समुहले चन्दा आतंक सृजना गरेको विज्ञप्तिमा उल्लेख छ । साथै अनेरास्ववियुका साधारण सदस्य समेत नरहने गरि पार्टीले कारवाही गरिसकेका परियार र डिसीलाई पार्टीकै केही नेताहरुले संरक्षण गरेको भन्दै त्यसप्रति विज्ञप्ती मार्फत रोष प्रकट गरिएको छ । ‘यस घटना प्रति पार्टीका केही जिम्मेवार व्यक्तिहरु पनि संलग्न भई संरक्षण गरिनुले झनै प्रश्न चिन्ह खडा भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

कारवाहीमा परेका व्यक्तिहरु सच्चिनुको साटो शैक्षिक संस्थामा तालावन्दी गर्ने र मोटो रकमको बार्गेनिङ गरेको घटनाले संस्थाको बदनाम भएको हुँदा दोषीमाथि थप कारवाहीको माग गरिएको छ । विज्ञप्तिमा व्यक्तिले व्यक्तिगत रुपमा गरेका क्रियाकलापलाई संगठनको नाम जोडि त्यस्ता हर्कत नगर्न सचेत तुल्याइएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *